काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि जनताहरु भोकै बस्नु परेको बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले कोषमा राहत र रकम जम्मा भएपनि जनताहरु भोकै बस्नु परेको बताएका हुन् ।
एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर नपरी सबैसँग समन्वय गर्न चाहेको उनले बताए ।


