काठमाडौँ । गोरखामा पहिरो गएर कालीगण्डकी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको सत्य भए पनि नदी थुनिएको छैन ।
पहिरोबारे थप जानकारी लिने काम भइरहेको पनि उनले बताए ।
छेकम्पार चौरी खर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी थुनेको भन्ने हल्ला केहीबेर देखि सामाजिक सञ्जालमा फैलिइरहेको छ ।


