काठमाडौँ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ९०० नाघेको छ । सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २०७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जनाएको छ ।
उक्त बाढीपश्चात् अझै चार हजार २४७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।
सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५९२ जना छन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १२७ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।


