काठमाडौँ । संघीय सरकारले भोटेकोसी बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत पठाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबारसम्म रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहमा राहत पठाइएको हो। अहिलेसम्म ६ करोड ७५ लाख रुपैयाँ नगद राहत पठाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, रसुवा र नुवाकोटमा एक–एक करोड र धादिङमा ५० लाख रुपैयाँका दरले नगद राहत पठाइएको हो।
सरकारले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको थियो। पछिल्लो विवरण अनुसार, चार अर्ब ३८ करोड नेपाली रुपैयाँ र ६ लाख ८० हजार अमेरिक डलर जम्मा भइसकेको छ।


