काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड प्रदान गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक अपिल जारी गर्दै भोटेकोशी बाढी प्रभावितका लागि ४ करोड सहयोग गर्ने निर्णय भएको जानकारी गराएका हुन्।
कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन समेत अपिल गरेका छन् ।


