काठमाडौँ । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ ।
प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ पनि गर्न थालेको छ ।
पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समेत तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिसकेको छ। बीबीसीले जनाए अनुसार चीनले आफ्नो भूभागतर्फको खोज तथा उद्धार कार्य तत्कालका निम्ति स्थगन गरेको हो ।
यसअघि भदौ १० गते भोटेकोसी नदीमा अचानक बाढी आउँदा रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो । सोही बाढीमा परेर मृत्यु हुनेको संख्या ४६९ भइसकेको छ । रसुुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी (पूर्व) मा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी ९पश्चिम०मा २७ जनाको शव भेटिएको छ ।
एक हजार ५४५ घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।


