• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

विपद्का बेला पनि संयमता गुमाउँदै हर्क साम्पाङ, देश–विदेशबाट नेपालको चिन्ता व्यक्त हुँदा ‘चन्दामा अलमलिए’!


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • काठमाडौं,रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग उठाउने विषयलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विवादमा तानिएका छन्।

    Advertisement

    बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने भन्दै साम्पाङले आर्थिक सहयोग संकलन गरेपछि सामाजिक सञ्जालमा त्यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ। सरकारले विपद्का बेला एकद्वार प्रणालीमार्फत राहत तथा आर्थिक सहयोग संकलन गर्ने नीति अघि सारेका बेला साम्पाङले छुट्टै रूपमा सहयोग उठाएको भन्दै आलोचना भएको हो।

    साम्पाङमाथि विपद्को समयमा समेत आफ्नो पार्टीको प्रचार गरेको आरोपसमेत सामाजिक सञ्जालमा लगाइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि जाँदा पार्टीको झन्डा अंकित टिसर्ट प्रयोग गरेको विषयलाई लिएर पनि विभिन्न टिप्पणी भइरहेका छन्।

    यसैबीच, साम्पाङ फेसबुक लाइभमार्फत सार्वजनिक हुँदै आफूलाई सहयोग गर्न चाहनेले सहयोग गर्न र नचाहनेले सरकारलाई सहयोग गर्न सक्ने भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्। उनको अभिव्यक्तिलाई लिएर कतिपयले विपद्को संवेदनशील समयमा संयमता अपनाउनुपर्ने बताएका छन्।

    साम्पाङले बाढीपहिरोको पूर्वसूचना र विपद् व्यवस्थापनमा सरकारको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। सरकारले नागरिकलाई समयमै विपद्को जानकारी दिन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। उनले चीनले समेत नेपाललाई समयमै विपद्को सम्भावित जोखिमबारे जानकारी नदिएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन्।

    विपद्को संवेदनशील समयमा राहत र उद्धारभन्दा राजनीतिक विवाद तथा आरोप–प्रत्यारोप हाबी भएको भन्दै सामाजिक सञ्जालमा साम्पाङको आलोचना भइरहेको छ। कतिपयले उनको पछिल्लो अभिव्यक्तिलाई ‘यस्तो समयमा पनि संयमता गुमाएको’ भन्दै टिप्पणी गरेका छन् भने केहीले भने प्रभावित नागरिकका लागि सहयोग जुटाउने प्रयासलाई राजनीतिक दृष्टिले मात्र हेर्न नहुने धारणा राखेका छन्।

    रसुवा बाढीको पीडामा परेका नागरिकलाई तत्काल राहत र उद्धार आवश्यक भइरहेका बेला सहयोग संकलनदेखि राजनीतिक अभिव्यक्तिसम्मको विषय विवादमा तानिका छन्।

    • चन्दामा अलमलिए’
    • हर्क साम्पाङ
    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.