काठमाडौँ । भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति पुगेको छ ।
यस्तै ४० किलोमिटर सडक क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ । क्षतिको आकलन भइरहेको र मर्मत सुरु गरिसकिएको विभागले जानकारी दिएको छ ।
बुधबार बिहान ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको हो। तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढी नुवाकोट, धादिङ, चितवन लगायत ठाउँका नदीसम्म पुगेको छ।
अहिले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रहरीको टोली खटिएको छ।


