काठमाडौँ । धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले बगाएको छ । रसुवा हुँदै आएको बाढीले बुधबार अपराह्न फुर्केखोलाको पुल बढाएको हो ।
रसुवामा आएको भीषण बाढीको बहाव धादिङस्थित त्रिशूली नदी आसपास पुगेको छ । तल्लो तटीय क्षेत्रमा पुग्न थालेपछि जोखिम बढेको छ ।
रसुवा हुँदै आएको बाढी मलेखु कटिसकेको र त्रिशूली नदी हुँदै चितवन पुग्न लागेको छ ।
ठूलो प्रवाहसहित आएको बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरणको लागि को त्रिशूली र नारायणी नदी तटीय क्षेत्रमा रहने मानिसलाई जोखिम नभएको स्थानमा बस्न प्रशासनले अपिल गरेको छ ।


