काठमाडौँ । गृह मन्त्रालयले भोटेकोशी बाढीमा साहायता चाहिए १२३४ मा फोन गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर १२३४ मा तुरुन्त कल गर्न आग्रह गरेको हो ।
त्यस्तै मन्त्रालयले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न तथा आवतजावतमा पूर्ण रोक लगाएको समेत बताएको छ।


