काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको रिटमा पेसी तोकिएको छ।
सोमबार देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका १५ औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रिट दर्ता गरेका थिए।
रिटमाथि सुनुवाइ गर्न बिहीबारका लागि पेसी तोकिएको छ । आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा पक्षको तर्क छ।


