काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको उनले उल्लेख गरे । जनकपुरको ९५० बिघा अतिक्रमिक जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा उनले जोड दिए ।
‘यो डोजर प्रहार गरिबहरूमाथि मात्र नहोस् । सबैमाथि समान व्यवहार गरियोस् र जनकपुरको ९५० बिघा अतिक्रमण गरिएको जमिन संरक्षण गर्ने र फर्काउने अभियामा सरकार सफल र सजग होस् भन्ने सन्तुलित अनुरोध छ,’ झाले भने ।


