• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

सडकमा बलात्कारीलाई ‘फाँसी’ को माग


  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । दोलखाकी अरिस्ता बस्नेत काठमाडौँमा बसेर पढ्दै छिन् । कक्षा १२ मा पढ्ने उनी आइतबार गरिमाको न्यायका लागि माइतीघरमा नारा लगाउँदै थिइन् । उनलाई कसैले आन्दोलनमा जाऊ भनेको होइन । आफै आन्दोलनमा आएकी हुन् । ‘आन्दोलनमा आउन मन थिएन यो त अति भयो अनि आन्दोलनमा आए, ’ उनी भन्छिन् । देशमा छोरीहरू सुरक्षित नभएको उनको बुझाइ छ । आक्रोशित देखिएकी उनी बलात्कारीलाई सरकारले फाँसी नै दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘बलात्कारलाई मान्छेहरूले नर्मल सोचिसके । अहिले फाँसी भएको भए मान्छेहरू डराउने थिए । अहिले मान्छेलाई ए त्यो जेल जाने त हो । दाल भात खाने त हो भन्ने भएको छ । सरकारले बलात्कारीलाई फाँसी देओस् । नभएर हाम्रो जिम्मा लगाओस् ।’

    Advertisement

    सरकारले छोरीहरूको आवाज जसरी भएपनि सुन्नुपर्ने उनको भनाइ छ । बलात्कारीलाई जेल हालेर मात्र समस्याको समाधान नहुने उनको बुझाइ छ । यदि बलात्कार कमी गर्ने हो भने फाँसी नै दिनुपर्ने उनी बताउँछिन् ।

    ब्रम्हखेलका आरके लामिछाने कलेजको लुगामा नै प्रदर्शन गर्न माइतीघर पुगेका थिए । बलात्कारका घटनाहरू धेरै सुनिने तर न्याय पाएको भन्ने कम सुनिने हुँदा सरकारलाई दबाब दिन उनी माइतीघर आएको बताउँछन् । नेपालमा बलात्कारीलाई फाँसीको नियम नभएको बताउँदै कानुन भने कडा बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालमा फाँसी को सजाय दिन गाह्रो छ । बनाउन पनि धेरै नियममा बधिँनु पर्ला । तर कानुन कडा बनाएर अब बलात्कार गर्नेलाई के गर्न सकिन्छ । उसको संवेदनशील अङ्गहरू नै परिवर्तन पो गरिदिने हो की त्यस्तो कानुनहरू ल्याउन सकिन्छ ।’

    बानेश्वर बस्ने अनुराग लिम्बु पनि गरिमाको न्यायका लागि माइतीघरमा आन्दोलन गर्दै गरिएको भेटिए । नेपालमा कानुन बलियो नहुँदा बलात्कारका घटनाहरू घट्ने गरेको उनी बताउँछन् । बलात्कार कम गर्न के गर्नुपर्ला भन्ने प्रश्नमा भने लिम्बु बाहिर अन्य देशले बनाएको कडा कानुन बनाउनुपर्ने बताउँछन् । त्योसँगै नेपालमा रेड लाइट एरिया पनि तोकियो भने यस्ता घटना घट्न सक्ने उनको अनुमान छ । साथै नेपालमा स्वास्थ्य शिक्षा र नैतिक शिक्षा पनि कमी भएको र आमाबुबा र बालबालिकामा यो शिक्षा बढाउनुपर्ने उनी बताउँछन् । लिम्बु भन्छन्, ‘नेपालमा छोरी मान्छेलाई खेलौना जस्तो मात्र सोचिन्छ । जे गरे पनि हुन्छ जस्तो भाष्य छ । तर त्यस्तो होइन सम्मान गर्नुपर्छ भन्ने शिक्षा सबैमा दिन जरुरी छ । हाम्रो समाजमा शिक्षाको पनि कमी छ । स्वास्थ्यका कुराहरूमा घर परिवारमा खुलेर गरिँदैन । त्यसैले पनि यस्तो घटनाहरू घट्ने गर्दछन् । त्यसैले परिवारमा यस्ता कुरा खुलेर गर्नुपर्दछ ।’

    गरिमा चौधरीको बलात्कार पछि हत्या भएपछि सडकमा एउटै लागेको नारा हो बलात्कारीलाई फाँसी दे । भर्खरका युवा हुन् वा छोरीका आमाहरूले सरकारसँग मागेको एउटै कुरा बलात्कारीलाई फाँसी । एउटालाई फाँसी दिए त्यहीँ डरले कसो अरू पछि नहट्लान् भन्ने उनीहरूको धारणा छ । तर फाँसी दिन भने नेपालको संविधानले निषेध गरेको छ । सडकमा चर्को फाँसी को नारा लागेपछि गृहमन्त्री सुधन गुरुङले नै स्टाटस लेखे हाम्रो देशमा फाँसीको सजाय दिन मिल्दैन । उनले लेखेका छन्, ‘मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ ।

    गृह प्रशासनको मुख्य जिम्मेवारी र सीमा भनेको निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु हो, ताकि अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्किन नपाओस् र पीडितले न्याय पाओस्। घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था छैन।’ उनले कानुन संशोधनमा भने लागि परिरहेको बताएका थिए ।

    सरकारले गरिमा चौधरीको परिवारसँग भने सहमति गरिसकेको छ । तर सडकमा भने अझै बलात्कारीलाई फाँसी दे भन्ने नारा नै लागिरहेको छ ।

    सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.