काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले एउटा पाकेटमार र बलात्कारका अभियुक्तलाई एउटै कारागारमा राखेर सजाय दिन नमिल्ने बताएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कडा कारबाहीको व्यवस्था गर्न माग गरिन् ।
उनले भनिन्, ‘संविधानको धारा १६ र १७ ले मृत्युदण्ड तथा देश निकाला जस्ता सजाय निषेध गरेको छ । एउटा छोरीलाई छोरी हुनु नै पाप जस्तो बनाइन्छ तब हामीले संविधानका अक्षर मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने रु’
उनले सबै अपराधको प्रकृति र गम्भीरता एउटै नहुने बताइन् ।
उनले थपिन्, ‘एउटा पाकेटमारलाई र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन । प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कानूनको सजायको डर यति बलियो बनाइयोस् कि अपराध गर्ने सोच्ने जन्मन नपाओस् ।’


