काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको हो ।
प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई किन जारी हुनु नपर्ने हो रु भन्दै आधार र कारण खुलाएर बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । यस्तो जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ।
यही भदौ ५ गते प्रसाईंकी पत्नी उमा प्रसाईंले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा घरमा खानतलासी गरिएको विषयमा समेत प्रश्न उठाइएको छ ।


