काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि–बालेनको कार्यशैली धुर्मुस–सुन्तलीको बाटोमा रहेको टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठुलो परियोजना सुरु गर्नु अपरिपक्व कदम जस्तै रवि–बालेनको अहिलेको कार्यशैली पनि त्यहि रहेको बताएका हुन् ।
‘अहिलेको नयाँ राजनीतिक नेतृत्व (रवि–बालेन समूह) को कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको देखिन्छ’, पोखरेलले भनेका छन्, ‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो । केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ ।’
महाससिचव पोखरेलले स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने हो भने, भोलि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था नआउला भन्न नसकिने भन्दै समयमै चेत खुलाउन आग्रह गरेका छन् ।


