काठमाडौँ । आक्रामक स्वभावकी आशिका तामाङ बेलाबेला विवादित बनी रहन्छिन् । सांसद हुनु पहिला पनि सामाजिक अभियन्ता रहेकी तामाङ त्यो समयमा पनि विभिन्न गतिविधिले भाइरल नै थिइन् । सामाजिक व्यथितीलाई खरो रूपमा उठाउने उनको स्वभावले चर्चा पाएको थियो । जेन जी आन्दोलनका घाइतेहरूलाई सहयोग गरेर थप चर्चा कमाएकी उनलाई सबैले साथ र सहयोग दिए । राज्य पुग्न नसकेको घाइतेहरूको घरमा उनी चामलको बोरा बोकेर पुग्थिन् । त्यसैले पनि उनलाई राजनीतिमा ल्यायो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेकी आशिका उनको व्यवहार र बोलीले बेलाबेलामा चर्चामा आउने गर्छिन् ।
त्यसो त मंगलबारको प्रतिनिधि सभाकोे बैठकमा आशिकाले परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेर हिँडिन् । कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नपाएको भन्दै उनी बैठक कक्षबाट बाहिरिएकी थिइन् । सांसद तामाङले ३७ दिनअघि कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको भन्दै उभिएरै विरोध जनाएकी थिइन् । उनले अर्थ मन्त्रालयले बजेट छुट्याए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाएका कारण प्रक्रिया रोकिएको दाबी गरिन् ।
‘परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश मारिसके,’ तामाङले भनिन्, ‘सरकारले कि यिनीहरू नेपाली नागरिक होइनन् भन्नुप¥यो, नत्र जवाफ नआउन्जेल म उभिइरहन्छु ।’ उनको त्यो भनाइपछि सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा तामाङको प्रश्नको जवाफ दिन परराष्ट्र मन्त्रालयलाई ३ दिनभित्र जवाफ दिन रुलिङ जारी गरेका थिए । त्यसको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबारको बैठकमा दिएका थिए । उनले धादिङ धुनिवेशी–९ का सन्तोष राईको उपचार सिलसिलामा कम्बोडियाको कालमेट अस्पतालमा १४ मे २०२६ मा मृत्यु भएको र हाल उनको शव नोमपेनस्थित ’खमेर सोभियत फ्रेन्डसिप’ अस्पतालमा रहेको जानकारी दिए।
अस्पतालमा तिर्न बाँकी शुल्क, शवगृहको शुल्क र पार्थिव शरीर नेपाल ल्याउन हवाई भाडासहित करिब ८ हजार डलर खर्च लाग्ने जानकारी बैंककस्थित नेपाली दूतावासबाट आएको उनले बताए। त्यसपछि मन्त्री खनालले परराष्ट्र मन्त्रालयले अवैधानिक ढंगबाट विदेश गएका नेपालीहरूको उद्धारका लागि पछिल्लो पटक अर्थ मन्त्रालयबाट १५ करोड बजेट पाएको जानकारी दिए। यसरी प्राप्त भएको रकम खर्च गर्न कार्यविधि बनाइएको र स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको उनले उल्लेख गरे।
’माननीयज्यूले लामो समय जुन देशको अनुभव गर्नुभयो, त्यहाँ आफ्नै खर्चमा विदेश गएका नागरिकलाई राज्यले करदाताको पैसा खर्च गरेर उद्धार गर्ने गरेको देखिँदैन,’ मन्त्री खनालले भने, ’करदाताले तिरेको पैसाको प्रयोग कहाँ गर्ने र कहाँ नगर्ने भन्ने गम्भीरतापूर्वक सोच्नुपर्नेछ।’मन्त्री खनालले मानवीय हिसाबले नागरिको उद्धारमा पैसा प्रयोग गर्नुपर्ने आवश्यकत रहेको बताए। साथै, वैध रूपमा कर तिरेको पैसा अवैध कार्यका लागि प्रयोग गर्दा त्यसले अवैध क्रियाकलापलाई प्रोत्साहन गर्न सक्नेबारे घोत्लिनुपर्ने बताए।
उनले यही प्रश्नका कारण कार्यविधि निर्माणमा केही समय ढिलाइ भएको बताए। ’हामी जनप्रतिनिधि हौं, करदाताले दिएको पैसाको सही ठाउँमा प्रयोग गर्नुपर्छ,’ खनालले भने, ’हामीले कार्यविधि अर्थ मन्त्रालय पठाएका छौं। स्वीकृति प्राप्त हुनसाथ कार्यान्वयनमा आउँछ।’
मन्त्री खनालले सरकारसँग सीमित रकम भएकाले विदेशका सेल्टरमा भएका महिलाको उद्धार गर्ने कि शव व्यवस्थापन गर्ने कि कोमामा भएका नेपालीको उपचारमा प्रयोग गर्ने भन्ने जस्ता विषयको प्राथमिकीकरण आवश्यक रहेको बताए। मन्त्री खनालले मानवीय हिसाबले नागरिको उद्धारमा पैसा प्रयोग गर्नुपर्ने आवश्यकत रहेको बताए। साथै, वैध रूपमा कर तिरेको पैसा अवैध कार्यका लागि प्रयोग गर्दा त्यसले अवैध क्रियाकलापलाई प्रोत्साहन गर्न सक्नेबारे घोत्लिनुपर्ने बताए। उनले यही प्रश्नका कारण कार्यविधि निर्माणमा केही समय ढिलाइ भएको बताए।
’हामी जनप्रतिनिधि हौं, करदाताले दिएको पैसाको सही ठाउँमा प्रयोग गर्नुपर्छ,’ खनालले भने, ’हामीले कार्यविधि अर्थ मन्त्रालय पठाएका छौं। स्वीकृति प्राप्त हुनसाथ कार्यान्वयनमा आउँछ।’ मन्त्री खनालले सरकारसँग सीमित रकम भएकाले विदेशका सेल्टरमा भएका महिलाको उद्धार गर्ने कि शव व्यवस्थापन गर्ने कि कोमामा भएका नेपालीको उपचारमा प्रयोग गर्ने भन्ने जस्ता विषयको प्राथमिकीकरण आवश्यक रहेको बताए।


