काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन कार्यदल बनाएको छ ।
बुधबार सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो ।
कार्यदलले आगामी ७ दिन भित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधानमा आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर दिनेछ ।
जसमा सांसदहरुलाई सदनमा उपस्थिति हुँदा गर्दाखेरि कम्तिमा सदनको मर्यादा। आफ्ना जिम्मेवारी जनता, विपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउने विषय राखिनेछ ।


