काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।
नेता मीनबहादुर विश्वकर्माले एक/दुई दिनमा अदालत जाने बताए। विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च जाने तयारीमा रहेको जानकारी दिए ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने यसअघिको केन्द्रीय समिति बैठकले ल्याएको कार्यतालिका यथावत् राख्दै तल्ला तहका अधिवेशन कार्यतालिका हेरफेर गरेको थियो।
त्यसपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जान लागेका हुन्।


