काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले अग्रगामी मोर्चामा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
मोर्चाको मंगलबार बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
मोर्चाले मोर्चाका घटक दलहरू आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय समेत लिएका छन् ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टी छ । नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा यसमा रहेका छन्
।


