काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा महत्वपूर्ण सांगठनिक निर्णय गर्ने तयारी गरिएको छ ।
रास्वपाले केही पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गरी त्यसलाई केन्द्रीय समिति बैठकमा पेस गर्ने र बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । पार्टीभित्र लामो समयदेखि रिक्त रहेका विभिन्न पदमा मनोनयन गर्ने तयारी भएको हो ।
रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी रहेको छ । त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गर्ने तयारी गरिएको छ ।
बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई पार्टीले जानकारी गराइसकेको जनाएको छ । मनोनयनसँगै पार्टीको संगठनात्मक संरचनालाई थप पूर्णता दिने र आगामी राजनीतिक गतिविधिका लागि जिम्मेवारी बाँडफाँट गर्ने तयारी रहेको बताइएको छ ।
यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो । उक्त निर्णयपछि रास्वपाको आगामी सांगठनिक संरचना र नेतृत्व व्यवस्थापनलाई चासोका साथ हेरिएको छ ।
भदौ ५ गतेको बैठकले पदाधिकारी, सचिवालय तथा केन्द्रीय सदस्य मनोनयनलाई अन्तिम रूप दिएमा रास्वपाको केन्द्रीय संगठन थप विस्तार हुने देखिएको छ । बैठकमा मनोनयनबाहेक पार्टीको


