• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ

रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी

गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

करार पत्रमा बाचा गरेर मागेको भोट अहिले नै फिर्ता गर्ने र गृहमन्त्री ज्यू ?

इन्दुले क्यानडा सुपर–६० खेल्ने

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ४. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ५. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ६. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • ७. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ८. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • ९. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • १०. कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

करार पत्रमा बाचा गरेर मागेको भोट अहिले नै फिर्ता गर्ने र गृहमन्त्री ज्यू ?


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाटका लागि गोरखा पुगेका छन् । हरेक महिना गृह जिल्ला जाने पूर्वघोषित कार्यक्रम अनुसार उनले शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेटघाट गरेका थिए ।

    Advertisement

    आइतबार बेलुका गृहमन्त्री गुरुङ शहीद लखन गाउँपालिका वडा नम्बर ९ का मतदातासँगको भेटघाटमा थिए । भेटघाटमा वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन् । तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान भनेका छन् ।

    भेटघाट कार्यक्रममा चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको गुरुङलाई सम्झाए । गुरुङले त्यसमा ‘हो’ भनेर सहमति पनि जनाए ।

    तर वाचा अनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरुङले चार महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरु भोट फिर्ता लैजान भनेका हुन् ।

    कार्यक्रममा क्याप लगाएका एक व्यक्तिले ‘एउटा सानो कुरो’ भन्दै ल्याबको लागि बजेटबारे सोध्छन् । गृहमन्त्री गुरुङलाई चुनावी वाचा स्मरण गराउँदै उनी भन्छन्, ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै ? हजुरले मन्त्रालयको सचिवलाईधरी फोन गर्नुभाथ्यो यहीँबाट । र, तपाईँहरू ढुक्क हुनुस् यो आउने बजेटमा म यहाँको अनुसार गर्दिन्छु भनेर बोलेर जानुभाथ्यो । खै त ? त्यो बजेटमा कहीँ पनि देखिँदैन ।’

    अनि गृहमन्त्री गुरुङ ती प्रश्नकर्तालाई भन्छन्, ‘यति साना–साना बजेटहरू छ नि तपाईंको, यसरी किताबमा राख्ने हो भने त महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन ।’ उनी फेरि थप्छन्, ‘त्यही भएर हामीले यहाँबाट लिस्ट मगाएका छौँ । के राख्ने भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि ।’

    अनि ती व्यक्तिले गृहमन्त्री सुधन गुरुङको छेउमा बसेका व्यक्तिलाई ‘तिमीले पठाएनौँ लिस्ट ?’ भनी प्रश्न गर्छन् ।

    उनले ‘पठाएको’ जानकारी पनि गराउँछन् । त्यसपछि छेउका अर्का एक व्यक्तिले ‘हिजो भर्खर’ मन्त्रालयका सचिवसँग यी विषयमा कुरा भएको भन्दै प्रश्नकर्तालाई सम्झाउने कोसिस गर्छन् ।

    प्रश्नकर्ताले स्थानीयको दबाब गृहमन्त्रीलाई सुनाउँछन्, ‘यहाँ गाउँका मान्छेले मार्ने भइसके त ! हिजो बोलेर गाको हो सुधन गुरुङले, अहिले खै भन्छन् ।’ अनि गृहमन्त्री सुधन भन्छन्,– ‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ । …तपाईँलाई काम भए पुग्ने होइन त ? चार महिनामा त फेरि कायापलट गर्न म सक्दैन, भोट लिएर जानुस् ।’

    गृहमन्त्रीको यो अभिव्यक्तिपछि सहभागीहरू हाँसेको देखिन्छ । अनि एक व्यक्ति भन्छन्, ‘जिताएर पठाइहालियो, यो कुरा पहिले भन्नुपर्थ्यो नि हजुरले ।’

    गृहमन्त्री सुधन फेरि भन्छन्, ‘हैन मैले त भनेको । मत प्रस्ट मान्छे । मलाई तपाईँहरूले विश्वास गर्न सक्नुहुँदैन भने मलाई नजिताउनुस् । मलाई पाँच वर्ष हेर्नुस् । यति त आँट गरेको हो नि त ।’ गृहमन्त्री गुरुङ फेरि थप्छन्, ‘चार महिनामा बल्ल १५ दिन÷२० दिन भइराछ । अहिले चाहियो भन्दैमा पाइन्छ ?’

    गृहमन्त्रीको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ५ वर्षका लागि भोट दिएर पठाएको सांसदले चार महिनामै भोट फिर्ता गर्छु भनेपछि भोटको अवमूल्यन गरेको भन्दै टिका टिप्पणी समेत हुन थालेको छ। त्यसो त निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ वर्षको लागि भोट दिनुस् भन्दै जनतासँग बाचा गरेको थियो । अहिले गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि भने उनको अभिव्यक्ति विवादमा तानिएको छ।

    निर्वाचनको बेला यस्तो थियो रास्वपाको करार पत्र

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनको समयमा पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेस गर्दै करारपत्र सार्वजनिक गरेको थियो। सो समयमा रास्वपाले ५ बुँदामा नागरिक करार मन्जुर ल्याएको थियो । उक्त करार मञ्जुरमा सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम काम काम, कनेक्टिभिटी र प्रवास रहेको थियो । यदि जनताले एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्तहरू डेलिभरीसहित ५ वर्षभित्र बुझाउन नसकी नागरिकहरूमा मर्का पर्न गएमा करार अनुसार राजनैतिक नैतिकता र पदबाट अर्को निर्वाचनमा सजाय दिई उपर गर्न समेत रास्वपाले भनेको छ ।

    • करार पत्र
    • गृहमन्त्री सुधन गुरुङ
    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
    बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
    कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ
    रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी
    गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन
    सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ४.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ५.
      कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

    • ६.
      रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    भर्खरै

    • १.
      सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    • २.
      बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

    • ३.
      कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ

    • ४.
      रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी

    • ५.
      गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

    • ६.
      सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    • ७.
      करार पत्रमा बाचा गरेर मागेको भोट अहिले नै फिर्ता गर्ने र गृहमन्त्री ज्यू ?

    • ८.
      इन्दुले क्यानडा सुपर–६० खेल्ने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.