• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

चितवनमा एक वर्षमा ७६४ जना बेपत्ता, ८९ जनाको अझै खोजी जारी


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • चितवन । चितवन जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा बेपत्ता भएका ७६४ जनामध्ये ८९ जना अझै सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बाँकी ६७५ जनालाई विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार कतिपय व्यक्ति नारायणी नदीमा हामफालेपछि हराएको सूचना आउने भए पनि पछि उनीहरूको अवस्थाबारे जानकारी नहुँदा बेपत्ताको सूचीमा रहने गरेका छन्। त्यस्तै, घर फर्किएका कतिपय व्यक्तिले प्रहरीलाई जानकारी नदिने, सुरुमा दिएको सम्पर्क नम्बर परिवर्तन हुने वा सम्पर्कविहीन हुने कारणले पनि बेपत्ताको संख्या उच्च देखिने गरेको उनले बताए।

    तथ्यांकअनुसार चितवनमा पछिल्ला तीन आर्थिक वर्षदेखि बेपत्ता हुने व्यक्तिको संख्या बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएकामध्ये ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजी जारी थियो। आर्थिक वर्ष २०८१/८२ मा ५५३ जना बेपत्ता भएकामध्ये ५४० जना फेला परेका थिए भने १३ जना अझै सम्पर्कमा आएका थिएनन्। गत आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर ७६४ पुगेको छ, जसमध्ये ६७५ जना फेला परेका छन् भने ८९ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

    घरेलु हिंसाका उजुरी घटे

    प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ३८१ वटा घरेलु हिंसासम्बन्धी निवेदन दर्ता भएका छन्। तीमध्ये ३०५ वटा मिलापत्र भएका छन् भने ७१ वटा मुद्दा अदालतमा दर्ता गरिएको छ। पाँच वटा निवेदन अझै छलफलको क्रममा छन्।

    यसअघि आर्थिक वर्ष २०८१/८२ मा ५४२ वटा घरेलु हिंसाका निवेदन परेका थिए। तीमध्ये ४६९ वटा मिलापत्र भएका थिए भने ७३ वटा अदालतमा पुगेका थिए। आर्थिक वर्ष २०८०/८१ मा भने ४९० वटा निवेदन दर्ता भएकामा ४११ वटा मिलापत्र र ७९ वटा अदालतमा दर्ता भएका थिए।

    दुई हजारभन्दा बढी ठाडा उजुरी

    गत आर्थिक वर्षमा चितवनमा २ हजार ३०५ वटा ठाडा उजुरी दर्ता भएका छन्। तीमध्ये १ हजार ८७८ वटा जिल्ला प्रहरी कार्यालयमा र ४२७ वटा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएका थिए। कुल उजुरीमध्ये २ हजार १०८ वटा फर्छ्योट गरिएको छ भने १९७ वटा उजुरी अझै फर्छ्योट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ।

    प्रहरीले बेपत्ता व्यक्तिको खोजी, घरेलु हिंसाका घटनाको समाधान र नागरिकका गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

    • चितवनमा एक वर्षमा ७६४ जना बेपत्ता
    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.