सम्माननीय सभामुख डीपी अर्यालले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ।
सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन, शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको थियो।


