काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गठित समिति घटनास्थलमा पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको हो । समितिमा प्रहरी र सशस्त्रका एसपीसहित ५ जना सदस्य छन् ।
समितिका सदस्यहरुले आइतबार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग पनि भेटघाट गरेका छन् । सहसचिव थापाले सवैबाट आएका कुरा समेटेर सुझाव सहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने बताए ।
पीडित परिवारसँगको भेटमा उनले भनेका छन्, ‘सबै मागहरू समेटेर स्थलगत प्रतिवेदन बुझाउँछौँ, फिल्डको यथार्थ बुझाउने हाम्रो काम हो ।’


