पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। उनले जुलाई १५ देखि भएको भ्रमणका क्रममा ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा उद्घाटन र समापन सत्रलाई सम्बोधन गर्दै विश्व शक्ति सन्तुलन, साम्राज्यवाद, दक्षिण एसियाली जनआन्दोलन र समाजवादबारे धारणा राखेका थिए।
भ्रमणका क्रममा उनले श्रीलंकाका कम्युनिस्ट पार्टी र जनता विमुक्ति पेरामुनाका नेताहरूसँग भेटवार्ता गरी कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण र दक्षिण एसियाली वामपन्थी सहकार्यका विषयमा छलफल गरेका थिए। नेकपाले यो भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै क्षेत्रीय राजनीतिक सम्बन्ध विस्तारमा योगदान पुगेको जनाएको छ।


