रूपन्देही । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् ।
घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट गरेको भन्दै घोराही शिक्षा महाशाखा अधिकृत अजय बोहोरालाई मोटरसाइकल रोकेर घोराही–१५ का वडासदस्य लेखनाथ बुढाथोकी उत्तमले मोबिल छ्यापेका हुन् ।
सामाजिक सन्जालमा सार्वजनिक भएको यो घटनापछि जनप्रतिनिधिको आलोचना भएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य बुढाथोकीले भिडियो आफैँले सार्वजनिक गरेका हुन् ।


