• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

मेची राजमार्गको माइखोला खण्डमा सडक भासियोः चार जिल्लाको आवागमन ठप्प


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध भएको हो ।

    Advertisement

    सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा ९तराई० सँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट विच्छेद भएको छ । राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

    तराईबाट पहाडतर्फ आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्याङ क्षेत्रमै रोकिँदा यात्रुहरू हिँडेरै जोखिमपूर्ण बाटो पार गर्न बाध्य छन् । राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा ठुलो मारमा बिरामी परेका छन् । पहाडी जिल्लाहरूमा सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रेफर गरिएका बिरामीहरूलाई हिलो र जोखिमपूर्ण सडकमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ ।

    यसका साथै इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध तथा तरकारी जस्ता कुहिने सामानहरू बजारसम्म पुयाउन नपाउँदा लाखौँको आर्थिक क्षति व्यहोर्नुपरेको स्थानीय व्यवसायीहरू बताउँछन् । यता सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले अवरोध हटाउन स्काभेटर तथा आवश्यक जनशक्ति परिचालन गरेपनि वर्षा नरोकिएकाले काममा अवरोध पुगेको छ ।

    सडक डिभिजनका अनुसार सडकको धेरै भाग खोलातर्फ खसेकाले केवल पहिरो पन्छाएर मात्र तत्काल सडक सुचारु गर्न सम्भव छैन । खोलाको बगरबाटै ठुलो ग्याबियन पर्खाल उठाएर काम सम्पन्न भएपछि मात्रै दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने अवस्था छ । मुख्य राजमार्ग ठप्प भएपछि बैकल्पिक सडक प्रयोग गर्न खोजिए पनि यात्रु र चालकहरूले थप सास्ती भोग्नुपरेको छ ।

    मुख्य सडक अवरुद्ध भएपछि सवारी साधनहरूले बेलासे–इलाम वैकल्पिक सडक प्रयोग गर्न खोजेका छन्, तर मेची करीडोर सडक अन्र्तगत पुवाखोलामा पुल नहुँदा साना, ठुला तथा मालवाहक सवारी साधनहरू वारपार गर्न सकेका छैनन् । बाढी र हिलोका कारण वैकल्पिक मार्ग पनि भरपर्दो नहुँदा गाडी चल्न सकेका छैन्न । यस्तै मुख्य राजमार्ग अवरुद्ध भएपछि स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडक खण्डबाट साना सवारी साधनहरू जस्तै जिप, ट्याक्सी लाई मात्र आंशिक रूपमा सञ्चालन गराइएको छ ।

    तर, ग्रामीण सडक साँघुरो र हिलाम्मे भएकाले साना सवारी साधन सञ्चालनमा पनि निकै जोखिम र ढिलाइ भइरहेको छ । ठुला बस र मालवाहक सवारी साधन पूर्ण रूपमा रोकिँदा यात्रुहरू हिँडेरै वा साना गाडी परिवर्तन गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ
    चीनले जोड्यो केरुङ नाकामा सडकपछि बिजुली
    माथिल्लो त्रिशूली ३‘ए’ उद्धार अपडेटस् एक शव फेला
    त्रिशूली–३ ए को सुरुङमा पस्यो प्राधिकरणका कर्मचारी र सेनाको टोली
    बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.