काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको बताएका छन्।
शुक्रबार दार्चुलाको दुर्गम गाउँमा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटन गरी काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकारले प्रयास गरे पनि त्यसको उपलब्धि जनताले अनुभूति गर्न नसकेको टिप्पणी गरे।
उनले सरकारले गरेका कामको परिणाम नागरिकले महसुस गर्न सक्नुपर्नेमा जोड दिँदै बढ्दो महँगी नियन्त्रणलाई प्राथमिकतामा राख्न आग्रह गरे। महँगीका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न आफूहरूले सरकारलाई निरन्तर सुझाव दिँदै आएको उनले बताए।
सरकारको सयदिने कार्यसम्पादनप्रति टिप्पणी गर्दै साम्पाङले जनअपेक्षाअनुसारको उपलब्धि नदेखिएको बताए।
यद्यपि, उनले सरकारले हालै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णयलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै यस्ता निर्णयलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
सरकारको सय दिने कार्यसम्पादनमाथि हर्क साम्पाङको प्रश्न
सरकारको सय दिने कार्यसम्पादनमाथि हर्क साम्पाङको प्रश्न
तपाईको प्रतिक्रिया


