काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का प्रवक्ता वीरबहादुर चन्दका अनुसार निरन्तर वर्षापछि मुहानको पानी अत्यधिक धमिलो बनेकाले प्रशोधन प्रक्रिया प्रभावित भएको हो। त्यसपछि मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य अस्थायी रूपमा रोकिएको उनले जानकारी दिए।
‘वर्षाका कारण मुहानको पानी अत्यधिक धमिलो भएको छ। पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सुरु गरिनेछ,’ प्रवक्ता चन्दले भने।
केयुकेएलका अनुसार निरन्तर वर्षा जारी रहेमा मुहानको पानी सफा हुन समय लाग्ने भएकाले काठमाडौं उपत्यकामा नियमित पानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्छ।
बाढीले रोकियो मेलम्चीको पानी, आपूर्ति बन्दबाढीले रोकियो मेलम्चीको पानी, आपूर्ति बन्द
बाढीले रोकियो मेलम्चीको पानी, आपूर्ति बन्दबाढीले रोकियो मेलम्चीको पानी, आपूर्ति बन्द
तपाईको प्रतिक्रिया


