काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन्।
पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज पार्टीको केन्द्रीय कार्यालय, चमतीमा आयोजना गरिएको रास्वपाको सचिवालयले जनाएको छ।
चितवनमा सम्पन्न महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा। स्वर्णिम वाग्ले र सोविता गौतम तथा महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका थिए। महाधिवेशनबाट चयन भएका अन्य केन्द्रीय सदस्यहरूले पनि आजै शपथ लिने कार्यक्रम रहेको छ।
शपथ ग्रहणसँगै नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गर्नेछ।
आज शपथ ग्रहण गर्दै रास्वपाका नवनिर्वाचित पदाधिकारी
आज शपथ ग्रहण गर्दै रास्वपाका नवनिर्वाचित पदाधिकारी
तपाईको प्रतिक्रिया


