काठमाडौं । अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने भएको छ।
मुस्कान ढकालको निर्देशन रहने फिल्म सुरज आचार्यले निर्माण गर्दैछन्। फिल्ममा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा रहनेछन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ।
निर्माणपक्षका अनुसार सामाजिक कथावस्तुमा आधारित फिल्मको प्रि(प्रोडक्सनको काम अहिले तीव्र रूपमा भइरहेको छ।
फागुन २१ लाई प्रदर्शन मिति तय, विजय र पूजाको ‘रत्यौली’
फागुन २१ लाई प्रदर्शन मिति तय, विजय र पूजाको ‘रत्यौली’
तपाईको प्रतिक्रिया


