१५ असार, काठमाडौं । निजी नम्बर प्लेट राखेर सरकारी गाडी सञ्चालन गरिएको भन्दै राष्ट्रिय सभामा प्रश्न उठेको छ।
राष्ट्रिय सभा सदस्य रेखाकुमारी झाले राज्यकोषबाट सञ्चालित सरकारी सवारीसाधनमा सेतो सरकारी नम्बर प्लेट हटाएर रातो (निजी) नम्बर प्लेट राखी व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरी शनिश्चरे नगरपालिका तथा काठमाडौंका केही सार्वजनिक निकायका सरकारी गाडीमा यस्तो अनियमितता देखिएको दाबी गरिन्।
‘सरकारी गाडीहरूको सेतो नम्बर प्लेट गैरकानुनी रूपमा हटाएर निजी अर्थात् रातो नम्बर प्लेटमा रूपान्तरण गरी व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएका तथ्यहरू सार्वजनिक भएका छन्,’ उनले भनिन्।
सरकारी गाडीमा सरकारी खर्चमै इन्धन र मर्मत–सम्भार गराएर व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु सुशासन र सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको उनको भनाइ थियो।
यस्ता गतिविधिमाथि तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा सरकारी सवारीसाधनको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन गर्न उनले सरकारसँग माग गरिन्।
सरकारी सवारीमा निजी नम्बर प्लेट, संसद्मा उठ्यो प्रश्न
सरकारी सवारीमा निजी नम्बर प्लेट, संसद्मा उठ्यो प्रश्न
तपाईको प्रतिक्रिया


