९ असार, काठमाडौं ।** नेकपा एमालेले सोमबार संसदीय दल र पार्टी सचिवालयको बैठक बोलाएको छ।
एमाले संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा संसद्का समसामयिक विषय, राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।
संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ। सचिवालय बैठक साँझ ६ बजे पार्टी अध्यक्ष **केपी शर्मा ओली** को भक्तपुरस्थित गुन्डु निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ।
बैठकहरूमा पार्टीको आन्तरिक गतिविधि, सरकारका कामकारबाही, संसद्को आगामी कार्यसूची तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
एमालेमा संसदीय दल र सचिवालय बैठक बस्दै
एमालेमा संसदीय दल र सचिवालय बैठक बस्दै
तपाईको प्रतिक्रिया


