काठमाडौं । बिहीबार मध्यान्हदेखि लगातार वर्षा भएपछि मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० को राजदुवाली क्षेत्रमा पहिरो खसेको छ। पहिरोसँगै इलाम सदरमुकाम जोड्ने सडक जोखिमयुक्त बनेको प्रहरीले जनाएको छ।
इलामका प्रहरी प्रमुख (एसपी) कुलदिप चन्द का अनुसार निरन्तर वर्षाका कारण माइखोलाबाट सदरमुकामतर्फ जाने सडकखण्डमा पहिरोको जोखिम बढेको हो।
‘लगातार वर्षाका कारण माइखोलाबाट सदरमुकाम आउने सडक जोखिममा परेको छ,’ एसपी चन्दले बताए।
हाल सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि पहिरो खस्ने सम्भावना रहेकाले उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
मौसम प्रतिकूल रहेकाले थप पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सडकको अवस्था निरन्तर निगरानीमा राखिएको प्रहरीले जनाएको छ।
अविरल वर्षाले मेची राजमार्ग प्रभावित
अविरल वर्षाले मेची राजमार्ग प्रभावित
तपाईको प्रतिक्रिया

