काठमाडौँ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो र उसका साझेदारहरूले युक्रेनलाई रुसविरुद्धको युद्धमा हतियारहरू दिएर सहयोग गरेका छन् । युक्रेनको गुमेको भूभाग रुसबाट फिर्ता लिन नेटोले बृहत सैन्य सहयोग उपलब्ध गराएको हो । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई १ हजार ५ सय ५० वटा बख्तरबन्द गाडी र २ सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ ।
गत वर्षको फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला भएपछि नेटोले प्रदान गरेको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो । बिहीबार ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नेटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुपको ९८ प्रतिशत सैन्य सहायता नेटोबाट प्रदान भइसकेको बताउनु भयो ।