• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । वरिष्ठ अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा सुनिने ‘सीमा पार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ एउटै अर्थमा बुझिने गरिए पनि यी दुई पूर्ण रूपमा फरक विषय भएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै हमालले सीमा अतिक्रमणका दुई फरक पाटा र देशलाई आवश्यक पर्ने नेतृत्वको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    Advertisement

    उनको भनाइअनुसार सीमा पार अतिक्रमण सरकारभन्दा पनि स्थानीय नागरिकसँग जोडिएको हुन्छ। नेपाल र भारतबिचको खुला सीमाका कारण शताब्दीयौंदेखि दुवै देशका नागरिक व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएकाले यस्ता समस्या आउने हमालले उल्लेख गरेका छन्। नदीले धार परिवर्तन गर्दा, सीमा स्तम्भ हराउँदा वा क्षतिग्रस्त हुँदा र बस्ती विस्तार हुँदा यस्तो अतिक्रमण हुने उनको बुझाइ छ। यस्ता घटना नीतिगत नभई भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम भएको हमालले बताएका छन्। उनले यसलाई रणनीतिक विस्तार नभई प्रशासनिक र स्थानीय समस्याको रूपमा अर्थ्याएका छन्, जसलाई संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिन्छ।

    तर, राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति भने पूर्ण रूपमा फरक हुने हमालले दाबी गरेका छन्। कुनै राष्ट्रले विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रियता देखाउँदा यस्तो अतिक्रमण हुने उनले बताएका छन् । ‘यसमा व्यक्ति होइन, राज्यका संस्थाहरू नै संलग्न हुन्छन्,’ हमालले भनेका छन्, ‘सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ।’ उनले यसको सबैभन्दा प्रमुख उदाहरणका रूपमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई प्रस्तुत गरेका छन्।

    सीमा विवादको गम्भीरतालाई प्रस्ट पार्दै हमालले देशको नेतृत्वमाथि पनि टिप्पणी गरेका छन्। वर्तमान विश्व राजनीतिक परिवेश ढामाडोल र अनिश्चित रहेको भन्दै उनले यस्तो बेला देश चलाउने नेतृत्व सक्षम हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा देशले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ हमालले सचेत गराएका छन्।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.