• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

ट्रेड युनियन अधिकार संकुचनविरुद्ध १८ महासंघ एकजुट, संयुक्त अभियान सञ्चालन गर्ने


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • काठमाडौं नेपाल सरकारद्वारा निजामती क्षेत्रको ट्रेड युनियन खारेजी तथा अन्य क्षेत्रमा ट्रेड युनियन अधिकार संकुचन गर्ने निर्णयप्रति गम्भीर चासो व्यक्त गर्दै देशका १८ वटा ट्रेड युनियन महासंघहरूले संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको संयोजनमा सोमबार नेपाल ट्रेड युनियन काँग्रेसको सभाहलमा सम्पन्न १८ वटा ट्रेड युनियन महासंघहरूको संयुक्त बैठकले श्रमिकहरूको हक, हित तथा ट्रेड युनियन अधिकारको संरक्षणका लागि साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
    श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विभागमा दर्ता कायम रहेका विभिन्न ट्रेड युनियन महासंघका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी बैठकमा सरकारको पछिल्लो निर्णयले श्रमिक तथा कर्मचारीहरूको संगठनात्मक स्वतन्त्रता, सामूहिक सौदाबाजीको अधिकार तथा लोकतान्त्रिक अभ्यासमाथि नकारात्मक प्रभाव पार्न सक्ने विषयमा विस्तृत छलफल भएको थियो ।

    Advertisement

    बैठकमा सहभागी महासंघका प्रतिनिधिहरूले ट्रेड युनियन अधिकारलाई नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको मौलिक अधिकारका रूपमा सम्मान गर्नुपर्ने धारणा राखेका थिए। साथै, अन्तर्राष्ट्रिय श्रम संगठनका संगठन गर्ने अधिकार तथा सामूहिक सौदाबाजी सम्बन्धी महासन्धि नम्बर ९८ र त्रिपक्षीय परामर्श सम्बन्धी महासन्धि नम्बर १४४ अनुरूप श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको थियो । छलफलका क्रममा लोकतन्त्रको सुदृढीकरण, श्रमिकहरूको मौलिक तथा ट्रेड युनियन अधिकारको संरक्षण, सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन, सुरक्षित तथा मर्यादित रोजगारीको व्यवस्था, श्रम कानुनको प्रभावकारी कार्यान्वयन तथा श्रमिकमैत्री नीतिनिर्माणका विषयमा समेत गहन बहस भएको थियो।

    सहभागीहरूले श्रमिक वर्गका समस्या समाधानका लागि सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय संवाद तथा सहकार्यलाई अझ प्रभावकारी र संस्थागत बनाउनुपर्नेमा जोड दिएका थिए। बैठकमा नेपालका प्रमुख ट्रेड युनियन महासंघका अध्यक्षहरू योगेन्द्र कुमार कुँवर, विनोद श्रेष्ठ, जगत सिंखडा, प्रेमल खनाल, विष्णु लम्साल, नवराज दाहाललगायत विभिन्न महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरका अनुसार बैठकले ट्रेड युनियन अधिकार, मानव अधिकार तथा लोकतन्त्रको संरक्षण र प्रवद्र्धनका लागि आगामी दिनमा सबै महासंघहरूले संयुक्त पहल गर्ने तथा साझा मुद्दाहरूमा सहकार्य र एकता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकको निष्कर्षस्वरूप वर्तमान सरकारको ट्रेड युनियनप्रतिको दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै श्रमिकहरूको हक, हित र अधिकार सुनिश्चित गर्न सबै ट्रेड युनियनहरूबीच थप समन्वय, एकता र साझा अभियान सञ्चालन गर्ने तथा आगामी दिनमा संयुक्त रूपमा अघि बढ्ने सहमति भएको जनाइएको छ ।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बागमती सरकारबाट एमालेको समर्थन फिर्ता ६ मन्त्रीले दिए राजीनामा,
    पूर्व महानिर्देशक अधिकारीविरुद्ध १ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
    हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.