• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

बाइडेनलाई कटाक्ष गर्दै ट्रम्पले भने हामीले मात्र अमेरिकालाई महान् बनाउन सक्छौँ


  •   बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रोपटक राष्ट्रपतिमा लड्ने घोषणा गरेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प खुसी हुनुहुन्न । एक भिडियो सार्वजनिक गर्दै ८० वर्षे बाइडेनले आफूले सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट दोस्रोपटक लड्ने औपचारिक जानकारी दिनु भएको थियो ।

    Advertisement

    मंगलबार नै ७६ वर्षे ट्रम्पले पनि भिडियो सार्वजनिक गर्दै बाइडेनले चुनाव जितेमा देश कमजोर बन्ने र देशलाई रिपब्लिकन पार्टीले मात्र महान् बनाउन सक्ने उल्लेख गर्नु भएको छ । ४६औँ राष्ट्रपतिका रूपमा सन् २०२० मा निर्वाचित भएका बाइडेनले ४७औँ राष्ट्रपति बन्ने दौडमा आफ्नो चुनावी एजेन्डा गर्भपतनको अधिकार, लोकतन्त्रको रक्षा, मतदान अधिकार र सामाजिक सुरक्षालगायत हुने बताउनु भएको छ ।

    आफूले देशमा अधिक स्वतन्त्रता दिन चाहेको बताउँदै उहाँले अब मतदाताको हातमा त्यसको जिम्मा भएको उल्लेख गर्नु भएको छ । अमेरिकामा दुई पटकसम्म एकै व्यक्ति राष्ट्रपति बन्न पाउने प्रावधान छ । वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले पनि आफूले दोस्रोपटक उपराष्ट्रपतिको चुनाव लड्ने घोषणा गर्नु भएको छ । ५८ वर्षे डेमोक्रेटिक नेतृ ह्यारिस सन् २०२० मा पहिलो महिला उपराष्ट्रपतिका रूपमा निर्वाचित हुनु भएको छ ।

    उता रिपब्लिकन पार्टीका तर्फबाट भने पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा छ । तर, ट्रम्पमाथि अहिले अदालतमा पोर्न स्टारलाई पैसा दिएर चुप लगाइएको विषयमा अनुसन्धान भइरहेको छ । ट्रम्पले पोर्न स्टारलाई भिन्न प्रयोजनमा पैसा दिएर व्यापारिक कार्यमा पैसा खर्च भएको भनेर अभिलेख राखेका छन्, जसलाई गैरकानुनी भनिएको छ ।

    ट्रम्पले चुनावमा लड्ने घोषणा त गर्नु भएको छैन । यद्यपि, उहाँले मंगलबार बाइडेनको राष्ट्रपतीय उम्मेदवारीको विरोध जनाउनु भएको छ । ट्रम्पका अनुसार पाँच खराब राष्ट्रपतिले भन्दा बढी देशका लागि घातक काम बाइडेनले गर्नु भएको छ ।

    बाइडेनकै समयमा शताब्दी यताकै खराब मुद्रास्फिति अमेरिकाले व्यहोरिरहेको र बैंकहरू डुब्न थालेको ट्रम्पको भनाइ छ । बाइडेन राष्ट्रपति बनिरहे डलरको मूल्य विश्वमा चाँडै कमजोर बन्ने पनि उहाँको भनाइ छ । आफ्नो पालामा अमेरिकी सीमाक्षेत्र सुरक्षित भएको उहाँको दाबी छ । हाल बाइडेनका कारण दक्षिणी सीमा क्षेत्रबाट अवैध आप्रवासीहरू अमेरिकी समुदायमा प्रवेश गरेको र ती मानसिबाट अमेरिकालाई खतरा भएको ट्रम्पको भनाइ छ ।

    हाल अमेरिकामा घरबारविहीनता, लागु पदार्थ दुर्व्यसनी र हिंसात्मक अपराध बाइडेनकै प्रशासनमा व्याप्त भएको उहाँको आरोप छ । बाइडेनले विश्वलाई तेस्रो विश्वयुद्धतर्फ धकेलेको पनि ट्रम्पको भनाइ छ । रुस र चीनबीच बढ्दो सम्बन्धबीच र इरानले आणविक बम बनाइरहँदा बाइडेनको सरकारले केही गर्न नसकेको उहाँको भनाइ छ ।

    ट्रम्पले भन्नु भएको छ, ‘तपाईंहरूको सहयोगले हामीले बाइडेनलाई पराजित गर्नेछौँ र अमेरिकालाई फेरि महान देश बनाउनेछौँ ।’

    बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा
    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • २.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ३.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ४.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ५.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ६.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ७.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ८.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.