काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले राष्ट्रिय मानव अधिकार आयोग पुगेर जेन–जी आन्दोलनका सम्बन्धमा बयान दिएका थिए । ७ पुसमा आयोगको कार्यालयमै पुगेर शाहले २ घण्टा बयान दिएका थिए । त्यतिबेला उनी काठमाडौं महानगरको प्रमुख थिए ।
भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको क्रममा सामाजिक सञ्जालबाट उनले आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । आन्दोलनका लागि सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको आयोग बालेनका सम्बन्धमा भने मौन बसेको छ ।
यस विषयमा बुझ्न खोज्दा आयोगकी सदस्य लिली थापाले जेन–जी आन्दोलनमा शाहको संग्लनता नदेखिएकाले प्रतिवेदनमा उल्लेख नभएको बताइन् । ‘उहाँको संलग्नता देखिएन । त्यसैले प्रतिवेदमा आएन,’ थापाले भनिन।

