• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

२६ वर्षदेखि फिल्म हेरेको छैन, तर चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गरेका छन् । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल सुनेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सन् २००० मा पोखराको एउटा हलमा ‘कारभान’ फिल्म हेरेयता हलमा गएर चलचित्र नहेरेको बताए । चलचित्र विधेयक र नीतिबारे आफ्नो विशेष दखल नभए पनि चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनको साधन मात्र ठान्न नहुने उनको तर्क छ । पुनले भने, ‘चलचित्र त शिक्षा र सामाजिक न्याय तथा उत्थानका लागि एउटा बलियो माध्यम हुनुपर्छ। मैले फिल्म नहेरेको भए पनि यस क्षेत्रलाई कहिल्यै हेला गरेको छैन ।’

    Advertisement

    आगामी बजेटबारे सोधिएको प्रश्नमा उनले देशको अर्थतन्त्र सुधार्न ‘नवप्रवर्तन, अनुसन्धान र प्रविधि’मा पर्याप्त बजेट आउनेमा आफू विश्वस्त नरहेको बताए । वर्तमान अर्थमन्त्री र सरकारले नवप्रवर्तनको महत्त्वलाई गहिराइका साथ नबुझेको उनको आरोप छ । ‘मैले धेरै ठुलो माग गरेको होइन, कुल पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र प्रविधिका लागि छुट्याउनुपर्छ,’ पुनले भने, ‘३ खर्बको पुँजीगत खर्च हुँदा त्यसको १ प्रतिशत भनेको ३ अर्ब रुपैयाँ हो । यो बजेट भाषणमा समेटिए पनि सरकारले सजिलै छुट्याउन मान्दैन ।’

    नेपालमा आयात भइरहेका सामानहरूमध्ये कम्तीमा १० देखि २० प्रतिशत सामान स्वदेशमै उत्पादन गर्न सके मात्र रोजगारी सिर्जना हुने र अर्थतन्त्र बलियो हुने उनले प्रष्ट पारे । ‘देशमा उद्योगधन्दा र उद्यमी नजन्माएसम्म रोजगारी सिर्जना हुँदैन, जबसम्म कर उठ्दैन तबसम्म अर्थ मन्त्रालयको ढुकुटी भरिँदैन,’ पुनले थपे, ‘अनि ढुकुटी नै खाली भएपछि सांसद र जनताले मागेका बाटो, पुल, स्कुल र अस्पताल कसरी बन्छन् ? ’ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई देशकै सबैभन्दा संवेदनशील मन्त्रालय बनाउनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री आफैँले गर्नुपर्ने पुनको माग छ । मन्त्रालयका सचिवदेखि तल्लो तहका कर्मचारीसम्म राजनीतिक नियुक्तिका नभई सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्नेमा उनले जोड दिए ।
    आफू मन्त्री बन्नका लागि यो कुरा उठाइरहेको भन्ने चर्चालाई खण्डन गर्दै उनले भने, ‘मलाई मन्त्री बन्ने कुनै रहर र वास्ता छैन । तर, अर्थमन्त्री वा अरू मन्त्रीले नवप्रवर्तनको महत्त्व बुझेनन् भने पनि प्रधानमन्त्रीले यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ ।’

    उनले देशका शीर्ष नेताहरू र युवा पुस्तालाई कुनै उपदेश वा शिक्षा दिनुको सट्टा सबैलाई आफ्नो दिमाग लगाएर देश र जनताको हितमा सोच्न आग्रह गरे ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • २.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ४.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ५.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ६.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ७.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ८.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.