काठमाडौँ । बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचनमा कूल सदर मतको १०% मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेसँगै उहाँको जमानत जफत भएको हो ।
उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएका छन् । जमानत जोगाउन ६ हजार ८२० मत चाहिन्छ । तर रास्वपा उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्रै पाउनु भएको छ । बारा उपनिर्वाचनमा खरेलसँगै अन्य ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।