• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

लुम्बिनीमा सबै मन्त्री फिर्ता बोलाउने एमाले–कांग्रेसको तयारी


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • रूपन्देही । लुम्बिनी प्रदेश सरकार सञ्चालन गरेका सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस मुख्यमन्त्रीलाई यथावत राखेर अहिले सरकारमा रहेका मन्त्रीहरु फेरबदल गर्ने टुंगोमा पुगेका छन् । बजेटअघि मुख्यमन्त्री चेतनारायण आचार्यलाई यथावत राखेर सबै मन्त्री फेरबदल गर्ने विषयमा सहमति गर्दै दुवै दलका प्रदेश नेताहरु तथा सबै सांसदहरु देउखुरीमा जुटेका छन् ।

    Advertisement

    आज नै प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी गरी छ त्यस लगत्तै मन्त्रिमण्डल पुनःगठन गर्ने समझदारी दुई दलले गरेका हुन् । मन्त्री फेर्ने सहमतिमा पुगेपछि नीति तथा कार्यक्रम अघि कि गर्ने कि पछि गर्ने भन्ने विषयमा आइतबार दिनभर अन्यौलमा पुगेका थिए । दुवै दलले मुख्यमन्त्री पाउने दलले ३ मन्त्री र अर्कोले ४ मन्त्री पाउनेगरी समझदारी गरेका हुन् । अहिलेको समझदारीअनुसार कांग्रेसबाट ४ मन्त्री बन्नेछन् भने एमालेबाट ३ मन्त्री बन्नेछन् ।

    अहिले मुख्यमन्त्रीसहित १२ मन्त्रालय भएको प्रदेशमा अब ८ मात्रै मन्त्रालय रहने केही दिनअघि सरकारले निर्णय गरिसकेको छ । अहिले मन्त्री रहेका जसपा र लोसपाबाट भने अब मन्त्रीमा अटाउने छैनन् । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेको गठबन्धन नफेरिने भएकाले मन्त्री फेरिने विषयले नीति तथा कार्यक्रम र बजेट प्रभावित नहुने बताए ।

    ‘यो सरकारको नियमित तालिकामा रहने विषय हो, भोलिका लागि तय भएको नीति कार्यक्रम पनि आउँछ र सकेसम्म भोलि नै नयाँ मन्त्रीहरु बन्नुहुनेगरी तयारीमा सत्तारुढ दल लागेका छन्, सबै समझदारी भएको छ, कांग्रेसले भोलि नै दलको बैठक बोलाएको छ, त्यसमै सहमति गरेर अघि बढ्नेछ, अहिले मुख्यमन्त्रीबाहेक अरु मन्त्री फेरेर जाने कुरा छ, भोलिसम्म केही निचोडमा पुगिएला,’ उनले न्युज एक्सप्रेससँग भने । पुनले आफू त्यसैका लागि देउखुरीमा रहेको जनाए । एमाले संसदीय दलका नेता भोजप्रसाद श्रेष्ठले पनि मन्त्रिमण्डल फेरबदल हुन लागेको पुष्टि गरे । ‘कांग्रेसबाट निर्णय नभएका कारण ढिलाई भएको हो, भोलि नीति तथा कार्यक्रमपछि केही निचोडमा पुगिन्छहोला, दुवै दलबाट तयारी भएको छ,’ उनले भने ।

    कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले मुख्यमन्त्री लिने दलले ३ र अर्को दलले ४ मन्त्री लिने समझदारी भएको र बजेटपछि मात्रै मुख्यमन्त्री फेरिनसक्ने नेपाल प्रेसलाई बताए । उनका अनुसार अब अहिले मन्त्री रहेका लोसपा र जसपाबाट मन्त्री रहनेछैनन् । दुवै दलका नेताहरुले यसअघि नै सरकार बनाउँदा मन्त्री बनाउने आश्वासन पाएकाहरुलाई प्राथमिकता दिने जनाएका छन् तर दुवै दलबाट अहिले सरकारमा रहेका मन्त्रीहरुले पूर्व जानकारीबिना फेर्न थालिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    ‘यसै त कांग्रेस–एमालेप्रति जनस्तरमा असन्तुष्टि छ, त्यसमाथि नीति तथा कार्यक्रम र बजेटको मुखमा बिनातयारी मन्त्री फेर्ने कुराले राम्रो सन्देश जानेछैन, बजेटपछि गरेको भए राम्रो हुनेथियो,’ असन्तुष्ट मन्त्रीले भने । सरकारको नेतृत्व गरेको नेकपा एमाले पूर्वसहमति अनुसार बजेटपछि मात्र सरकारको नेतृत्व छाड्ने मनस्थितिमा रहेको थियो भने प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस त्यसअघि नै सरकारको नेतृत्व लिनेगरी नेतृत्व बदल्न कस्सिए पनि आन्तरिक विवादका कारण ढिलाई भएको हो ।

    यसअघि कांग्रेसमा दलकै नेता फर्नेगरी केही सांसदहरु अघि बढेपछि र कांग्रेस केन्द्रीय नेतृत्व फेरबदल भएपछि आन्तरिक विवाद बढेको थियो । २०८१ को साउन ७ मा लुम्बिनीको मुख्यमन्त्री चेतनारायण आचार्य बन्दा एमाले र कांग्रेसबीच गत चैतसम्म एमालेले नेतृत्व गर्ने, त्यसपछिको बाँकी अवधि कांग्रेसले सरकार सञ्चालन गर्ने सहमति गरेका थिए ।

    कांग्रेसमा यसअघि पनि मुख्यमन्त्री बनिसकेका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई अघि बढाउनेगरी आन्तरिक समझदारी भएको उनी निकट नेताहरुको दाबी छ । पहिले देउवा पक्षमा रहेका चौधरी अहिले सभापति गगन थापासँग भेटर समझदारी गरेको विषय बाहिर आएको छ तर दल नेता बनेर मुख्यमन्त्री बन्ने तयारी गरेका पार्टीका प्रदेश उपसभापति राजु खनाल, पूर्वमन्त्री रहेका बीरबहादुर राना, अहिले मन्त्री रहेका जन्मजय तिमिलसिनाले तयारी गरेपनि कुनै टुंगो लाग्न सकेन ।

    ८७ सदस्यीय प्रदेशसभामा अहिले ८३ सांसद कायम छन् । जसमा एमालेका २९, कांग्रेसका २७ र नेकपाका १२ सांसद । छन् बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । एमालेका मन्त्रीहरुको नाम मुख्यमन्त्री चेतनारायण आचार्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सहमतिमा पुगेको र पहिलो प्राथमिकता दोहोरिएर सांसद भएका तर मन्त्री नभएकाहरुलाई राखिएको स्रोतले जनाएको छ । एमालेका २९ सांसदमध्ये २१ सांसदहरुले अहिलेका मन्त्रीहरु फेरेर नयाँ बनाइनुपर्ने हस्ताक्षर गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् । अहिले मन्त्री रहेका र पूर्वमुख्यमन्त्री लिला गिरीसहितका ८ जनाले मात्रै त्यसमा हस्ताक्षर गरेका छैनन् । उता कांग्रेसबाट भने मन्त्रीको नाम पार्टीका प्रदेश सभापति अमरसिंह पुनले नै तयार गरेका छन् ।

    पार्टी सभापति गगन थापाले प्रदेशमा कार्यक्षमताका आधारमा मन्त्री बनाउने जिम्मेवारी पूरा गर्ने गरी नाम छान्न प्रदेश सभापति पुनलाई नै दिएपछि केहीदिन यता पुन देउखुरीमै बसेर यसको तयारी गरेका हुन् । अहिले छानिएका नाम यसअघि देउवा पक्षमा रहेकाहरु धेरै परेका छैनन् । पार्टीको लुम्बिनी प्रदेश समितिमा पहिलेबाटै देउवा पक्ष कमजोर थियो भने सदनमा बहुमत थियो तर पार्टी केन्द्रमा नेतृत्व फेरिएपछि पहिले देउवा पक्षमा रहेकाहरु पनि अहिले गगन पक्षमा खुलेका हुन् ।

    खासगरी नेता बालकृष्ण खाणसहितले देउवाको साथ छाडेपछि प्रदेश सांसदहरु पनि नयाँ नेतृत्वलाई साथ दिन तयार भएका हुन् । कांग्रेसमा यसअघि दल नेता बनेर मुख्यमन्त्री बन्न खोजेका पार्टीका प्रदेश उपसभापति राजु खनाल भने अहिले प्राथमिकतामा देखिएका छैनन् ।

    मन्त्रीका सम्भावित अनुहारहरु
    कांग्रेसबाट
    वीरबहादुर राना
    निमा गिरी
    बैजनाथ कलबार
    भुवनेश्वर चौधरी
    अनुराग खड्का
    देवी चौधरी

    एमालेबाट
    भोजप्रसाद श्रेष्ठ
    तुलसी चौधरी
    रामजी घिमिरे
    रत्न खत्री

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.