• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

सरकारको काममा पारदर्शिता होस् : जेनजी थापा


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • काठमाडौं । जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् ।

    Advertisement

    स्वतन्त्र नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजिएको उल्लेख गरिन् ।

    उनले भनिन्, ‘हामीले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजेका थियौँ । यो आन्दोलन सुशासनका लागि भएको हो भन्ने भाषा सबैका अगाडि राख्न चाहेका हौँ । दण्डहीनताको अन्त्य होस्, सार्वजनिक सेवा प्रणालीमा सुधार होस्, सरकारको काममा पारदर्शिता होस् र ‘सरकार कसैको होइन, जसको कोही छैन उसको राज्य छ’ भन्ने भाषामा अगाडि बढोस् भन्नका लागि आन्दोलन भएको हो । तर ‘मलाई बोल्न दे सरकार’ भनेर सुरु भएको आन्दोलन चुपचापमा बदलिएको हामीले थाहा पाउन सकेका छैनौँ ।’

    थापाले सरकारलाई प्रश्न गर्दा आफूहरूलाई विरोधीको रूपमा चित्रित गरिएको गुनासो गरिन् ।
    उनले भनिन्, ‘हामी अहिले सरकारलाई प्रश्न गर्न खोजिरहेका छौँ । तर सरकारलाई प्रश्न गर्दा सरकारकै विरोधीका रूपमा प्रस्तुत गरिएको छ । राम्रो गर्न चाहानेलाई विरोधी भन्ने भाषा परिवर्तन गराइ हामीमाथि हेरिएको छ । हामीले सडकमा लडेर रगत बगाएर ल्याएको सरकार हो नि त । हामीले नै प्रश्न नसोधे कसले सोध्ने ? आजको सरकारलाई प्रश्न सोध्नु भनेको हिजोको सरकारलाई राम्रो भन्न खोजेको होइन । हिजोको सरकारले गलत गरेकै कारण जेनजी आन्दोलन भएको हो ।’

    उनले जेनजी आन्दोलनले सत्ता नभई १० बुँदे सम्झौताको कार्यान्वयन माग गरेको स्पष्ट पारिन् ।
    ‘जेनजीले मागेको १० बुँदे सम्झौता हो, कुनै पनि सत्ता होइन । सम्झौता पूरा गर्न सक्दैन भने बालेन सरकारले ८० जना मरेका मान्छेको ज्यान फिर्ता दिन सक्नुपर्छ । १० बुँदे सम्झौतामा प्रधानमन्त्री पद मागिएको होइन, मतअधिकारका लागि चुनाव मागिएको हो । संविधान सुधारको बहस होइन, संविधान सुधार आयोग मागिएको हो । जेनजी परिषद्बाट नेपालभरका जेनजीहरूको आवाज समेट्ने थलोका रूपमा जेनजी परिषद् मागिएको हो,’ उनले भनिन् ।

    कार्यक्रममा जेनजी नेतृ मुस्कान खातुनले पनि आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउँदा समेत जेनजी पुस्ताको आवाज सम्बोधन हुन नसकेको बताइन् ।
    उनले भनिन्, ‘जेनजी आन्दोलनका खातिर कति युवाहरूले ज्यान गुमाए तर जेनजी पुस्ताको आवाज पूरा हुन सकेको छैन । जेनजी युवाहरूको भावना बुझ्न सक्ने सरकार बनेको छैन जस्तो महसुस भइरहेको छ । आन्दोलनमा घाइते भएकाहरू अझै अस्पतालमा छटपटाइरहेका छन् । तर पनि समाज परिवर्तन हुन सकेको छैन । सरकारसमक्ष माग राख्दा सरकारको विरोध गरेको भन्ने सुनिन्छ, तर त्यो विरोध होइन ।’

    यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक कुमार दाहालले देशमा नीतिको अभाव नभई इमान्दारिताको कमी रहेको बताए ।
    उनले भने, ‘यो हाम्रो राष्ट्र हो, यसको पुरानो नीति छ । एउटा मात्र चीजको खाँचो छ, त्यो हो इमान्दारिता । मैले ३५ वर्ष प्रशासकका रूपमा काम गरेँ, त्यहाँ केही रोकतोक छैन, सबै कुरा स्पष्ट छन् । तर हामी काम गर्दैनौँ । त्यहाँभित्र ठूला–ठूला गेम प्लान भइरहेका छन् अझै पनि । मैले केही परिवर्तन भएको देखेको छैन । परिवर्तनका लागि तपाईं–हामी नै परिवर्तन हुन जरुरी छ ।’

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बागमती सरकारबाट एमालेको समर्थन फिर्ता ६ मन्त्रीले दिए राजीनामा,
    पूर्व महानिर्देशक अधिकारीविरुद्ध १ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
    हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.