• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्य आजको समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

    Advertisement

    नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आइतबार धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने धारणा राखेका हुन्।

    महरले नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक दल मात्र नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उल्लेख गर्दै पार्टीभित्र बृहत् एकताका साथ १५औँ महाधिवेशनमा होमिनुको विकल्प नभएको स्पष्ट पारे। कांग्रेस केवल चुनाव जित्ने सङ्गठन मात्र नभई लोकतन्त्र बचाउन हजारौँ मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत भएको उनले बताए।

    यस्तो ऐतिहासिक पार्टी कमजोर हुँदा लोकतान्त्रिक मूल्य–मान्यता नै कमजोर हुने भएकाले आजको दिनमा कसलाई हराउने भन्नेतर्फ नलागी कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

    नेता महरले कांग्रेसभित्र देखिने मतभेदलाई स्वाभाविक प्रक्रियाका रूपमा चित्रण गरे।
    उनले भने, ‘जहाँ विचार हुन्छ, त्यहाँ बहस हुन्छ, जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ फरक मत हुन्छ, तर विचार फरक हुँदैमा हृदय टाढिनु हुँदैन।’
    विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता नै कांग्रेसको असली सुन्दरता भएको उनको भनाइ थियो।

    आफ्नो मन्तव्यका क्रममा उनले महाभारतको प्रसङ्ग उल्लेख गर्दै एकताको शक्ति इतिहासले प्रमाणित गरिसकेको बताए।
    उनले भने, ‘महाभारतमा पाण्डवहरू संख्यामा कम थिए, शक्ति कम थियो, तर उनीहरूबीच विश्वास, एकता र साझा लक्ष्य थियो। कौरवहरूसँग विशाल सेना र शक्ति भए पनि उनीहरू विभाजित थिए।’

    अन्ततः विजय संख्याले नभई एकताले दिलाउँछ भन्ने कुरा इतिहासले देखाएको उनले स्मरण गराए।
    महरले कांग्रेसको गौरवमय इतिहास सम्झाउँदै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधैँ राष्ट्र र लोकतन्त्रलाई केन्द्रमा राखेको उल्लेख गरे।

    हाम्रा अग्रजहरूले सत्तालाई भन्दा सिद्धान्तलाई ठूलो ठानेको चर्चा गर्दै उनले जेल, यातना र सङ्घर्ष सहेर बनाएको पार्टीलाई आज व्यक्तिगत आग्रह र पूर्वाग्रहका कारण कमजोर बनाइयो भने इतिहासले कसैलाई माफ नगर्ने चेतावनी दिए।
    देश अहिले जटिल मोडमा रहेको उल्लेख गर्दै उनले युवा पलायन, देश विकासमा महिलाको सहभागिता बढाउने सवाल, बेरोजगारी, शिक्षा, स्वास्थ्य र महँगीका समस्याले जनतामा निराशा बढाएको बताए।

    उनले भने, ‘आज लाखौँ युवाहरू आफ्नो भविष्य खोज्दै विदेशिन बाध्य छन्, किसान निराश छन्, विद्यार्थी अन्योलमा छन् र जनतामा राजनीतिक नेतृत्वप्रति भरोसा घट्दै गएको छ।’
    यस्तो सङ्कटपूर्ण अवस्थामा कांग्रेसभित्रको एकता केवल पार्टीको मात्र नभई देशकै आवश्यकता भएको उनले स्पष्ट पारे।

    महरले सबै नेता तथा कार्यकर्तालाई गुट, अहङ्कार, आग्रह र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनलाई बलियो बनाउन आग्रह गरे।
    उनले भने, ‘हामी फरक धारा र फरक विचारका हुन सक्छौँ, तर हाम्रो अन्तिम लक्ष्य एउटै हो– लोकतन्त्रको रक्षा, कांग्रेसको मजबुती र समृद्ध नेपाल निर्माण। नदीका धाराहरू फरक भए पनि अन्ततः समुद्र एउटै हुन्छ।’

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?
    काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान
    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • २.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • ३.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • ४.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ५.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ६.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ७.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ८.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.