• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ४. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ५. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ६. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • ७. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

  • ८. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • ९. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • १०. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं । शुक्रबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने बताएका छन् ।

    Advertisement

    समितिको बैठकमा उठेका विषयवस्तुबारे बोल्दै उनले अब विकास खर्चलाई लैङ्गिक चेतसहित अघि बढाइने बताए ।
    उनले भने, ‘अब हामीले गर्ने सार्वजनिक खर्चमा लैङ्गिक चेत आउनुपर्छ । पहिलाको जस्तो विकास खर्च लैङ्गिक निरपेक्ष हुने होइन, लैङ्गिक सापेक्षताको आलोकमा लैजाने, जेण्डर कोडिङ गरेर स्थापना गर्ने प्रयास गर्नेछौं ।’

    अर्थमन्त्री डा.वाग्लेले चालु आर्थिक वर्षको बजेटमा अधुरा तर अधिकांश काम सम्पन्न भइसकेका आयोजनालाई प्राथमिकता दिइएको जानकारी दिए ।
    ‘यस पटकको बजेटमा पहिले नै विनियोजित भएका तर सम्पन्न हुन नसकेका, ७०–८० प्रतिशत काम भइसकेका योजनालाई प्रमुख प्राथमिकतामा राखेका छौं,’ उनले भने ।

    उनका अनुसार खानेपानी आयोजनामा पनि ७०–८० प्रतिशत काम सम्पन्न भइसकेका योजनालाई पर्याप्त बजेट विनियोजन गरी यही वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिंचाइ आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरिएको उनले बताए ।
    त्यस्तै, विद्युत् प्रसारण लाइनतर्फ १३ वटा ट्रान्समिसन लाइनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले ती आयोजना यही वर्ष सम्पन्न गर्न आवश्यक बजेट छुट्याइएको जानकारी दिए ।
    ‘खानेपानीमा पनि ७०/८० प्रतिशत काम भएका आयोजनाहरुलाई प्रयाप्त मात्रामा बजेट विनियोजन गरेर यसै वर्ष सक्ने लक्ष्य छ । सिंचाइका आयोजनाहरुमा पनि दुइ वर्ष सक्नेगरि काम गर्न आग्रह गरेका छौं । ट्रान्समिसन लाइनहरु पनि यो वर्ष १३ वटा ट्रान्समिसन लाइन पहिचान गरेका छौं । यो वर्ष नै सक्नको लागि जति रकम चाहिन्छ त्यती नै भनेर प्राथमिकता तय भएको छ,’ उनले भने ।

    अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमुखी क्षेत्रमा लगानी गर्नसके आर्थिक वृद्धि बढ्ने धारणा राखे ।
    ‘ऋण पनि लिइरहेका छौं, तिरिरहेका पनि छौं । तर लिएको ऋणले उत्पादनमुखी गतिविधि प्रवाह गर्न सकियो भने जीडीपी पनि बढिरहेको हुन्छ,’ उनले भने ।

    उनले कोभिड–१९ महामारी र भूकम्पपछिको पुनर्निर्माणका कारण नेपालले ठूलो परिमाणमा ऋण लिनुपरेको उल्लेख गर्दै अनावश्यक पूर्वाधारमा गरिएको खर्चप्रति आलोचना भएको स्वीकार गरे ।
    ‘हामीले ऋण लिएपछि उत्पादन बढाउँछौं कि बढाउँदैनौं र त्यसले आर्थिक वृद्धि बढाउँछ कि बढाउँदैन भन्ने मुख्य कुरा हो,’ उनले बताए ।

    बैठकमा समिति सदस्य कमला पन्तले कोभिडपछि अझै सुधार हुन नसकेको अर्थतन्त्रलाई स्पष्ट सैद्धान्तिक आधार आवश्यक रहेको बताइन् । उनले अर्थमन्त्रीलाई प्राथमिकता निर्धारणमा गम्भीर हुन आग्रह गरिन् ।

    पन्तले लैङ्गिक उत्तरदायी बजेट (जीआरबी) संविधान जारी भएपछि कमजोर बनेको टिप्पणी गरिन् ।
    ‘०७२ सालको संविधान आएपछि लैङ्गिक उत्तरदायी बजेट हरायो । हामीले खोजिरहेका छौं, तर भेट्टाउन सकेका छैनौं,’ उनले भनिन् ।
    उनले २०५२ सालदेखि सिडक सम्झौतापछि नेपालमा जेन्डर बजेट छुट्याउने अभ्यास सुरु भएको स्मरण गराउँदै अहिले त्यो व्यवस्था हराउँदै गएको गुनासो गरिन् ।
    त्यस्तै, महिला तथा दलित समुदायका लागि काम गर्ने सरकारी संरचना कमजोर बनेको उल्लेख गर्दै उनले महिला मन्त्रालयअन्तर्गतका विभाग तथा जिल्लास्तरीय कार्यालय हराएको विषयमा संसदमा पटक–पटक कुरा उठाइएको बताइन् ।

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार
    समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक
    ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
    मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल
    ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की
    विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ४.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    • ५.
      भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

    • ६.
      बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

    भर्खरै

    • १.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    • २.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    • ३.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • ४.
      मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

    • ५.
      ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

    • ६.
      विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    • ७.
      वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    • ८.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.