काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिबाट तनहुँ १ मा सानदार जित हासिल गर्नु भएका डा. स्वर्णिम वाग्लेले यो निर्वाचन को सफलता मात्र ट्रेलर भएको बताउनु भएको छ । उहाँले बाँकी फिल्म ८४ को निर्वाचनमा देखाउने बताउनु भयो । तनहुँको आबुखैरेनिमा भएको विजय उत्सब समारोहमा जनतालाई धन्यबाद दिैदै उहाँले यस्तो बताउनु भएको हो ।
वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टिमा जनताले देखेको आशालाई मर्न नदिने दावी गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘यो आशालाई हामीले मर्न दिनु हुँदैन । हामीले जगेर्ना गरिरहेका छौँ यसलाई फैलाउदै, फस्टाउदै, फुलाँउदै धेरै अगाडि लानु छ । यो राजनैतिक शक्तिलाई आशाको पुञ्जका रुपमा अगाडि बढाउनु छ ।’
बैशाख १० मा भएको उपचुनावमा डा.वाग्लेले सानदार जित हासिल गर्नु भएको छ । उहाँले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नु भएको हो । अहिले उहाँको जितको खुसीयालिमा तनहुँ उर्लिएको छ ।