काठमाडाैं । राष्ट्रपतिको कार्यालयले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्तिमार्फत् उहाँको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको जानकारी दिएको हो ।
एन्टिबायोटिक प्रयोगका कारण उहाँमा शारीरिकरुपमा केही शिथिलता भए पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको सूचना साथमा रहेका परिवारका सदस्यबाट आएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।