काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद निशा डाँगीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेमाथि प्रश्न गर्नु भएको छ । ‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? जानकारी गराएका भए के जानकारी गराएका छन सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ’ उहाँले भन्नु भयो ।
‘जानकारी नगराएको भए अहिलेसम्म संविधान बमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ ।’उहाँले सभामुख घिमिरेसँग जवाफ माग्नु भएको छ ।
संविधान अनुसार निरन्तर १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुने भनिएको पनि उहाँले स्मरण गर्नु भयो । संविधानको धारा ८९ मा स्थानको रिक्तता सम्बन्धी व्यवस्था छ । धारा ८९ को (घ) मा ‘सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ सम्बन्धित सांसदको पद रिक्त हुने भनिएको छ ।