• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको छ : सांसद राई


  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मध्यपहाडी क्षेत्र तथा भोजपुरलगायत पहाडी जिल्लाका सडकको दुरवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अलपत्र परेका सडकका कारण सवारीसाधन डुबिरहेको र बिरामी तथा सुत्केरी बोकेका गाडीसमेत समस्यामा परेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको उल्लेख गर्दै समयमै सडक मर्मत तथा व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

    Advertisement

    उनले भने,‘अलपत्र परेका सडकहरुमा गाडिहरु डुबिरहेका छन् । सामाजिक सञ्जालहरुमा हामीले गालीका वर्षातहरु पाइरहेका छौं । सरकारलाई म आग्रह गर्न चाहन्छु र अगाडि पनि हामीले ध्यानाकर्षण गराएका थियौं । आज पनि सुत्केरी र बिरामीहरु गाडि भासिएर मध्यपहाडी सडक र भोजपुर लगायत पहाडी इलाकाका विभिन्न सडकहरुमा चोभलिरहेको दृश्य हामी देखिरहेका छौैं ।’

    राईले जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए । उनले दुईतिहाइ नजिकको सरकार जनताले अपेक्षा गरेका काम गर्न नसकेको आरोप लगाउँदै सरकार निदाएर नबस्न चेतावनी दिए । उनले भने, ‘जनताले हिजो र आज उस्तै बेथितीलाई भोक्नुपर्ने हो भने यसको लागि ८४ मा हुने निर्वाचन ८२ मा भएको के अर्थ ? यतिधेरै दुई तीहाई नजिकको सरकारले आज जनतासमक्ष दिनुपर्ने कुराहरु नदिइरहेको अवस्था छ । सरकार निदाएर नबसोस् ।’

    त्यस्तै, उनले नीति तथा कार्यक्रममा कृषिका विषयमा ठूला कुरा गरिए पनि व्यवहारमा समस्या समाधान हुन नसकेको बताए । बाँदर र बदेलका कारण किसानले दुःख पाइरहेको उल्लेख गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबसीकन बाँदरलाई सलामी दिनुपर्ने बताए । उनले भने, ‘यो बेलामा हामीले नीति कार्यक्रममा कृषिको विषयमा धेरै राम्रा–राम्रा ठूला–ठूला कुराहरु हामीले भन्यौं । तर आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं, यसको हामीले के लेख्दै छौं? यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहने छ ।’ उनले कृषि तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी प्रभावकारी नीति आवश्यक रहेको धारणा राखे ।

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    बागमती सरकारबाट एमालेको समर्थन फिर्ता ६ मन्त्रीले दिए राजीनामा,
    पूर्व महानिर्देशक अधिकारीविरुद्ध १ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.